अब बाबुराम भट्टराई पनि स्वतन्त्र, विवेकशिल साझाले सांसद नपाउने

<p>काठमाडौं । कुनै बेला मुलुककै सबै भन्दा ठुलो राजनीतिक दलको दोश्रो बरियताको नेता हुँदै प्रधानमन्त्री बन्न सफल भएका डा. बाबुराम भट्टराई अब स्वतन्त्र सांसदमै सिमित भएका छन् । डा. भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले समानुपातिक तर्फ ३ प्रतिशत मत नपाउने पक्का भएसँगै अब उनी स्वतन्त्र सांसदको हैसियत लिएर संसद भवन प्रवेश गर्नेछन् । स्वतन्त्र [&hellip;]</p>

काठमाडौं । कुनै बेला मुलुककै सबै भन्दा ठुलो राजनीतिक दलको दोश्रो बरियताको नेता हुँदै प्रधानमन्त्री बन्न सफल भएका डा. बाबुराम भट्टराई अब स्वतन्त्र सांसदमै सिमित भएका छन् । डा. भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले समानुपातिक तर्फ ३ प्रतिशत मत नपाउने पक्का भएसँगै अब उनी स्वतन्त्र सांसदको हैसियत लिएर संसद भवन प्रवेश गर्नेछन् ।

स्वतन्त्र सांसदलाई संसदिय दलको कार्यालय, कर्मचारी र सवारी साधनको सुबिधा हुन्न । यस अघि एक सिटे दलहरुले पनि संसदिय दलको कार्यालय, कर्मचारी र सवारी साधनको सुबिधा प्राप्त गर्दै आएका थिए । प्रत्यक्ष तर्फ १ सिट र समानुपातिक तर्फ ३ प्रतिशत थ्रेस होल्ड कटाउने दलले मात्रै दलिय हैसियतमा संसदमा प्रतिनिधित्व गर्न पाउँछन् । नयाँ शक्तिका संयोजक डा. भट्टराईले प्रत्यक्षमा निर्वाचन जितेको भएपनि उनको दलले ३ प्रतिशत मत भने ल्याउन नसक्ने स्पष्ट संकेत देखिएको छ । अब उनलाई व्यवस्थापिका संसदमा स्वतन्त्र सांसदको हैसियतमा व्यवहार गरिनेछ ।

बाबुरामसहित नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र राप्रपाका राजेन्द्र लिङदेन पनि स्वतन्त्र हैसियतकै सांसद हुनेछन् । यी सांसदको पार्टीहरुले पनि समानुपातिक तर्फ ३ प्रतिशत मत पाउन नसक्ने स्पष्ट भैसकेको छ । त्यस बाहेक माओवादी केन्द्रसँग बिद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिएका छक्क बहादुर लामा पनि स्वतन्त्र सांसद नै रहनेछन् ।

साँझ ५ः १५ बजेसम्म बिभिन्न राजनीतिक दलहरुले समानुपातिक तर्फ प्राप्त गरेको मतको विवरण

उता, यस पटक राष्ट्रिय पार्टी, अर्काे पटक देशको नेतृत्व भन्दै चुनावमा होमिएको विवेकशिल साझा पार्टीले भने संसदमा प्रतिनिधित्व नै गर्न नपाउने भएको छ ।
विवेकशिल पार्टीले प्रत्यक्ष तर्फ पनि सिट जित्न सकेन भने समानुपातिकमा ३ प्रतिशतको थ्रेस होल्ड कटाउन सकेन् । एमाले, काँग्रेस, माओवादी, संघिय फोरम र राजपाले मात्रै थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टीको मान्यता पाउने अवस्था सृजना भएको छ ।

Share News