काठमाडौं । जाडोको मौसमसँगै बाल्ट्रा होम एप्लाइन्सेस्ले बाल्ट्राका नयाँ ग्याँस तथा ईलेक्ट्रोनिक गिजरहरु नेपाली बजारमा भित्र्याएको छ ।

नवीनतम प्रविधिको प्रयोग गरी बनाइएको यस ग्याँस गिजरमा ठूलो एलसिडि तापक्रम डिस्प्ले का साथै ‘लो अक्सिजन प्रोटेक्सन डिभाइस’ को प्रयोग गरिएको छ ।
त्यसैगरी, बाल्ट्राले ‘ओसियन’, ‘म्याक्रो’ तथा ‘स्वेल्टर’ नामका ईलेक्ट्रोनिक गिजरहरु पनि नेपाली बजारमा भित्राएको छ । सुरक्षित, थर्मो स्टाट, ग्लास लाईन कोटिङ्ग प्रविधि, तापक्रम डिस्प्ले जस्ता अन्य धेरै विशेषता रहेको यस ग्याँस तथा ईलेक्ट्रोनिक गिजरहरु १ लिटर देखि ५० लिटर मा उपलब्ध छ ।