व्यवसायीले ओलीलाई भने-समाजवाद उन्मुख अर्थतन्त्र स्वीकार गर्छौ

<p>काठमाडौं । नेपालका प्रतिष्ठित उद्योगी व्यवसायीहरुले समाजवाद उन्मुख अर्थतन्त्र स्विकार गर्ने घोषणा गरेका छन् । एमाले अध्यक्ष केपी ओलीलाई उनकै निवास बालकोटमा भेटेर उनीहरुले समाजवाद उन्मुख खुला बजार नीतिलाई स्विकार गर्ने बताएका हुन् । &nbsp; ‘राजनीतिक स्थायित्वको लागि बाम गठबन्धनको दुइ तिहाई नजिकको अत्यन्त सहज बहुमतले अब पाँच बर्षको लागि स्थायी सरकार बन्ने कुरामा हामी [&hellip;]</p>

काठमाडौं । नेपालका प्रतिष्ठित उद्योगी व्यवसायीहरुले समाजवाद उन्मुख अर्थतन्त्र स्विकार गर्ने घोषणा गरेका छन् । एमाले अध्यक्ष केपी ओलीलाई उनकै निवास बालकोटमा भेटेर उनीहरुले समाजवाद उन्मुख खुला बजार नीतिलाई स्विकार गर्ने बताएका हुन् ।

 

‘राजनीतिक स्थायित्वको लागि बाम गठबन्धनको दुइ तिहाई नजिकको अत्यन्त सहज बहुमतले अब पाँच बर्षको लागि स्थायी सरकार बन्ने कुरामा हामी बिश्वस्त छौ । तपाइको नेतृत्वमा बन्ने नया सरकारले ‘समृद्धि र आर्थिक बिकासको‘ लागि निजिक्षेत्रको सहभागितामुलक सहयोग र साथ रहने बिश्वास दिलाउन चाहन्छौ ।’, नेपाल उद्योग बाणिज्य महासंघ पुर्व अध्यक्ष परिषदले एमाले अध्यक्षलाई भनेको छ ।

उनीहरुले एमाले अध्यक्ष ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारलाई पुर्ण सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्षहरुको टोलीले एमाले अध्यक्ष ओलीलाई भेटेर ओलीको नेतृत्वमा गठन हुने बामपन्थी सरकारसँग मिलेर देश विकासमा योगदान दिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनीहरुले निजिक्षेत्र सधै राज्यको समाबेशी अर्थतन्त्र, समाजबाद उन्मुख उदार बजार नीति र निजिक्षेत्र केन्द्रित सहभागिता मुलक आर्थिक विकासमा प्रतिवद्ध रहेको पनि बताएका थिए । उनीहरुले आर्थिक समृद्धि र विकासको सरकारी योजनामा सहयोग गर्ने बताउँदै सहकार्यका लागि प्रस्ताव समेत गरेका थिए ।
एमाले अध्यक्ष ओलीलाई भेट्न नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्षहरु महेशलाल प्रधान, पद्य ज्योति, प्रदिपकुमार श्रष्ठ, रविभक्त श्रेष्ठ, विनाद बहादुर श्रेष्ठ, कुशकुमार जोशी र सुरज वैद्य पुगेका थिए ।

भेटमा एमाले अध्यक्ष ओलीले नयाँ सरकारले नीजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । ओलीले बापमन्थी सरकार अधिनायकवादी नहुने समेत प्रष्ट पारेका थिए ।

 

Share News