कावेली विकास बैंकले मकालु डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्न पुस १० विशेष साधारणसभा हुने

<p>&nbsp; काठमाडौं । कावेली विकास बैंकले माउन्ट मकालु डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्वार) गर्ने भएको छ । प्राप्ति गर्न दुबै बैंकले पुस १० गते विशेष साधारणसभा बोलाएका छन् । चुक्तापुँजी बढाउन कावेलीले मकालुलाई प्राप्ति गर्न लागेको हो । दुबै बैंकको सम्पत्ति तथा दाइत्व मूल्याँकन प्रतिवेदन (डीडीए) अनुसार कावेलीको १ सय कित्ता सेयर बराबर मकालुको ८८ कित्ता [&hellip;]</p>

 

काठमाडौं । कावेली विकास बैंकले माउन्ट मकालु डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्वार) गर्ने भएको छ । प्राप्ति गर्न दुबै बैंकले पुस १० गते विशेष साधारणसभा बोलाएका छन् ।

चुक्तापुँजी बढाउन कावेलीले मकालुलाई प्राप्ति गर्न लागेको हो । दुबै बैंकको सम्पत्ति तथा दाइत्व मूल्याँकन प्रतिवेदन (डीडीए) अनुसार कावेलीको १ सय कित्ता सेयर बराबर मकालुको ८८ कित्ता दिने गरी सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) कायम भएको छ ।

मकालुलाई प्राप्ति गरेपछि कावेलीले १ बराबर १ः८ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव विशेष सभामा पेश हुने भएको छ । यस्तै सभामा जारी तथा चुक्तापुँजी ५० करोड ३५ लाख ९३ हजार रुपैयाँ पुर्याउने प्रस्ताव पारित हुने भएको छ ।

Share News