
काठमाडौं । प्रत्यक्ष निर्वाचनमा अत्याधिक स्थानमा जित हासिल गरेको नेकपा एमालेले समानुपातिक मतगणनामा पनि अग्रता कायम गरेको छ ।
बुधबार साँझसम्म एमालेले २३ लाख ४७ हजार ३७१ मत प्राप्त गरेको छ । यस्तै नेपाली काँग्रेसले २२ लाख ५९ हजार ७८२ मतका सात दोस्रो स्थानमा छ । एमाले भन्दा काँग्रेस ८७ हजार ५८९ मतले पछि रहेको छ ।
यस्तै माओवादी केन्द्रले ९ लाख २१ हजार ९०६ मत प्राप्त गरेको छ । संघीय समाजवादी फोरमले ३ लाख १५ हजार ९२९ मत प्राप्त गरेको छ । राष्ट्रिय जनता पार्टीले २ लाख ५४ हजार ४०२ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।