बामपन्थी बहुमतलाई सेयर बजारको ग्रीन सिग्नल, दोहारो अंकको वृद्धि

<p>काठमाडौं । बाामपन्थीहरुको बहुमतलाई सेयर बजारले ग्रीन सिग्नलसहित अनुमोदन गरेको छ । लगातार तीन दिन घटेको सेयर बजार बुधबार भने १०.५३ अंकले उकालो लागेर १५२०.७४ अंकमा पुगेको छ । बजारमा परिसूचकमा वृद्धि भए पनि सेयर कारोबारमा भने गिरावट आएको छ । सो दिन जम्मा ४८ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । [&hellip;]</p>

काठमाडौं । बाामपन्थीहरुको बहुमतलाई सेयर बजारले ग्रीन सिग्नलसहित अनुमोदन गरेको छ । लगातार तीन दिन घटेको सेयर बजार बुधबार भने १०.५३ अंकले उकालो लागेर १५२०.७४ अंकमा पुगेको छ ।

बजारमा परिसूचकमा वृद्धि भए पनि सेयर कारोबारमा भने गिरावट आएको छ । सो दिन जम्मा ४८ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जनु रकम अघिल्लो कारोबार(मंगलबार)को भन्दा १८ करोड रुपैयाँ घटी हो । मंगलबारको बजारमा भने कुल ६६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको थियो ।

बुधबार सबैभन्दा बढी ग्लोबल आईएमई बैंकको सेयर कारोबार भएको छ । यस बैंकको कुल ५ करोड ४० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । बजारमा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३४ रुपैयाँ रहेको छ ।

त्यस्तै, बुधबारको सेयर बजारमा कारोबारमा आएका सबै समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५२ अंकले उकालो लागेको छ । त्यसैगरी, होटल र उत्पादनमूलक समूहको परिसूचक क्रमशः ३८ र ३२ अंकले बढेका छन् । बजारमा कुल १० वटा समूहको कारोबार भएको थियो ।

दोहोरो अंकले उकालो लागेको बजारमा सबैभन्दा बढी कुबेर मर्चेन्ट फाइनान्सका लगानीकर्ताले ९.६३ प्रतिशत कमाएका छन् । त्यस्तै, ललितपुर फाइनान्सका लगानीकर्ताले पनि ९.५५ प्रतिशत कमाएका छन् ।

Share News