काठमाडौं । बुधबार सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको ८० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २९८ रुपैयाँ रहेको छ ।