काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको भगिनी संस्था सिविआईएल क्यापिटलले आफ्नो ११औँ वार्षिक उत्सवको आवसरम नयाँ लोगो र वेभसाइट परीमार्जित रुपमा सार्वजनिक गरेको छ । संस्थाकाे नयाँ वेभसाइट हेर्नको लागि www.cbilcapital.com मा जानुपर्नेछ ।
उक्त कार्यक्रममा सिविआइएल क्यापिटलका अध्यक्ष गणेशराज पोखरेलले यस संस्थाबाट धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूतिकर्ता(अण्डर राइटर), सेयर रजिष्ट्रार, लगानी व्यवस्थापन(पोर्टफोलियो म्यानेजमेन्ट) तथा संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्ने काम भइरहेको बताएका छन् ।
साथै, डिम्याट खाता खोल्ने, सेयरहरु अभौतिकीकरण गर्ने, सामूहिक लगानी कोषको प्रर्वद्धन गर्ने जस्ता लगानीकर्ताहरुसँगको प्रत्यक्ष सरोकारका कामहरु भइरहेको अध्यक्ष पोखरेलले बताए ।