सेन्ट्रल फाइनान्सको पुस ४ गते बुक क्लोज, ५० प्रतिशत हकप्रद जारी गर्दै

<p>काठमाडौं । सेन्ट्रल फाइनान्स कम्पनीको आगामी पुस ४ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनको लागि सो दिन फाइनान्सकाे बुक क्लोज गर्ने निर्णय गरेको हो । उक्त निर्णय मंसिर २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । यस फाइनान्सले २ बराबर १ को अनुपात (अर्थात ५० प्रतिशत) [&hellip;]</p>

काठमाडौं । सेन्ट्रल फाइनान्स कम्पनीको आगामी पुस ४ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनको लागि सो दिन फाइनान्सकाे बुक क्लोज गर्ने निर्णय गरेको हो ।

उक्त निर्णय मंसिर २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।

यस फाइनान्सले २ बराबर १ को अनुपात (अर्थात ५० प्रतिशत) हकप्रद सेयर निष्कासन गर्दै छ ।

कुपन्डोलमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी ५२ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको पूँजी ७८ करोड रुपैयाँ नाघ्ने छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८४ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।

 

Share News