काठमाडौं । सोमबार गुडविल फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको १०.१९२८ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६१ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २१३ रुपैयाँ रहेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ७९ करोड ९९ लाख रुपैयाँ रहेको छ । सोमबार कम्पनीको सेयर प्रतिकित्ता १५८ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।