समानुपातिकमा ३३ हजार मतले एमाले अगाडी, कांग्रेस पछ्याउँदै

<p>काठमाडौं । समानुपातिकतर्फ नेकपा एमालले अग्रता लिएको छ ।  निर्वाचन आयोगका अनुसार साँझ ७ बजेसम्मको परिणाममा नेकपा एमालेले समानुपातिकतर्फ पनि अग्रता लिएको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ कुल साढे ८१ हजार मत गणना भएको छ । एमालेले साढे ३३ हजारभन्दा केही बढी मत पाएको छ। नेपाली कांग्रेसले ३१ हजारभन्दा केही बढी मत पाएको छ भने माओवादी केन्द्रले [&hellip;]</p>

काठमाडौं । समानुपातिकतर्फ नेकपा एमालले अग्रता लिएको छ ।  निर्वाचन आयोगका अनुसार साँझ ७ बजेसम्मको परिणाममा नेकपा एमालेले समानुपातिकतर्फ पनि अग्रता लिएको छ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ कुल साढे ८१ हजार मत गणना भएको छ । एमालेले साढे ३३ हजारभन्दा केही बढी मत पाएको छ।

नेपाली कांग्रेसले ३१ हजारभन्दा केही बढी मत पाएको छ भने माओवादी केन्द्रले करिब साढे १३ हजार मत पाएको निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ७६८, राष्ट्रिय जनता पार्टी नेपालले ६८४, नयाँ शक्ति पार्टी नेपालले ६०१, विवेकशील साझा पार्टीले ३६९ मत ल्याएका छन्।

Share News