५० वटा दल पत्तासाफ !

<p>काठमाडौं । नयाँ संबिधान अनुसार मंसिर १० र २१ गते सम्पन्न भएको प्रतिनीधि सभा र प्रदेशसभा निर्वाचनले ५० वटा राजनीतिक दलहरुको अस्थित्व समाप्त पारेको छ । एक सिट प्रत्यक्ष र ३ प्रतिशत समानुपातिक मत कटाउनै पर्ने थ्रेस होल्डको व्यवस्थाका कारण ५० वटा राजनीतिक दलहरु पत्ता साफ हुने निश्चित भएको हो । नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र, नेपाली [&hellip;]</p>

काठमाडौं । नयाँ संबिधान अनुसार मंसिर १० र २१ गते सम्पन्न भएको प्रतिनीधि सभा र प्रदेशसभा निर्वाचनले ५० वटा राजनीतिक दलहरुको अस्थित्व समाप्त पारेको छ ।

एक सिट प्रत्यक्ष र ३ प्रतिशत समानुपातिक मत कटाउनै पर्ने थ्रेस होल्डको व्यवस्थाका कारण ५० वटा राजनीतिक दलहरु पत्ता साफ हुने निश्चित भएको हो ।

नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र, नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल नयाँ शक्त्ति पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै प्रत्यक्ष तर्फ प्रतिनिधी सभा निर्वाचन जित्ने देखिएको छ ।

यीमध्ये पनि नयाँ शक्ति पार्टी नेपाल, राष्टिय जनमोर्चा र राप्रपालाई समानुपातिको ३ प्रतिशत मत ल्याएर थ्रेस होल्ड पार गर्न मुस्किल पर्ने देखिन्छ ।

निर्वाचन आयोगमा ५९ वटा दल दर्ता भएका थिए । यी मध्ये ५० वटा दलले प्रत्येक्षतर्फ एक सिट पनि जित्ने अवस्था छैन । तर, यी मध्ये नेपाल मजदुर किसान पार्टीले भने प्रत्येक्षमा केही सिट जित्ने सम्भाबना छ ।

पत्तासाफ हुने ५० वटा दल

१. राष्ट्रिय प्रजातन्त पार्टी(प्रजातान्त्रिक)
२. विवेकशील साझा पार्टी
३. आमूल परिवर्तत मसिहा पार्टी नेपाल
४. ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल
५. एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी)
६. ग्रीन पार्टी नेपाल
७. चुरेभावर लोकतान्त्रिक पार्टी
८. जनप्रजातान्त्रिक पार्टी, नेपाल
९. जनसमाजवादी पार्टी, नेपाल
१०. तामाङसालिङ लोकतान्त्रिक पार्टी
११. दलित, मुस्लिम जनशक्त्ति पार्टी
१२. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल
१३. देशभक्त लोकतान्त्रिक पार्टी
१४. नेपाः राष्ट्रिय पार्टी
१५. नेकपा(माक्र्सवादी)
१६. नेकपा(माले)
१७. नेपाल जनता पार्टी
१८. नेपाल दलित पार्टी
१९. नेपाल युवा किसान पार्टी
२०. नेपाल लोकतान्त्रिक जनता काँग्रेस
२१. नेपाल संघीय समाजवादी पार्टी
२२. नेपाल समाजवादी पार्टी(लोहियावादी)
२३. नेपाली काँग्रेस(बी.पी.)
२४. नेपाली जनता दल
२५. बहुजन शक्ति पार्टी
२६. बहुजन समाज पार्टी नेपाल
२७. मंगोल नेशनल अर्गनाइजेसन
२८. मधेश तराई फोरम
२९. युवा नेपाल पार्टी
३०. राष्ट्रिय जनमुक्ति पार्टी
३१. राष्ट्रिय मुक्ति आन्दोलन नेपाल
३२. राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल
३३. राष्ट्रिय शिवसेना पार्टी
३४. राष्ट्रिय समाजवादी पार्टी, नेपाल
३५. लिवरल डेमोक्रेटीक पार्टी
३६. लोककल्याणकारी जनता पार्टी, नेपाल
३७. शिवसेना नेपाल
३८. संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल
३९. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
४०. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट)
४१. हाम्रो पार्टी
४२. नेपाल जनलोकतन्त्र पार्टी
४३. देशभक्त समाज
४४. नेपाली ग्रिन्स
४५. मुस्कान सेना नेपाल
४६. नेपालवाद
४७. राष्ट्रिय नागरिक पार्टी
४८. नेपाल नौलो जनवादी पार्टी
४९. गान्धीवादी पार्टी नेपाल
५०. नेपाल मजदुर किसान पार्टी

नेपाल मजदुर किसान पार्टीले अहिले सम्म कुनै पनि निर्वाचन क्षेत्रमा अग्रता हासिल गर्न सकेकाे छैन । तर भक्तपुर १ मा प्रेम सुवालले जित्ने अनुमान गरिएकाे छ ।

 

Share News