मुगु । मुगुको प्रतिनिधिसभातर्फ वाम गठबन्धनका गोपालबहादुर बम १३ हजार ३४ मतका साथ विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हस्तबहादुर मल्लले नौ हजार ८६१ मत प्राप्त गरेका छन् ।
त्यस्तै नयाँ शक्ति पार्टीका राजबहादुर भामले ९९ मत प्राप्त गरे ।
प्रतिनिधिसभाको नतिजा सार्वजनिक भएसँगै अहिले प्रदेशतर्फको मतगणना शुरु भएको छ । रासस