प्याजले फेरि रुवाउदैँछ उपभोक्ता, विशाल सामुन्द्रीक आधीले घटायो प्याजको आपूर्ति

<p>काठमाडौं । प्याजको भाउ बढ्न थालेको छ । सामुन्द्रीक आधीको प्रभाव स्वरुप भारतमा बेमौसमी वर्षाका कारण प्याजको आपूर्तिमा कमी आएपछि भाउ बढ्न थालेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । गत नोभेम्बर २१ देखि ओखी चक्रवात नामक उत्तर हिन्द महासागरमा आएको आधीले भारत, नेपाल लगायत एशियाली मुलुकहरुको मौसममा ठुलो प्रभाव पारिरहेको छ । गत मंगलबार भारतको नासिकस्थित [&hellip;]</p>

काठमाडौं । प्याजको भाउ बढ्न थालेको छ । सामुन्द्रीक आधीको प्रभाव स्वरुप भारतमा बेमौसमी वर्षाका कारण प्याजको आपूर्तिमा कमी आएपछि भाउ बढ्न थालेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

गत नोभेम्बर २१ देखि ओखी चक्रवात नामक उत्तर हिन्द महासागरमा आएको आधीले भारत, नेपाल लगायत एशियाली मुलुकहरुको मौसममा ठुलो प्रभाव पारिरहेको छ । गत मंगलबार भारतको नासिकस्थित ठुलो प्याज बजार लसल गाँउमा मा बेमौशमी पानी परेपछि प्याजको आपूर्तिमा समस्या आइरहेको छ । दुई दिनमा प्याजको भाउ करिब ५० प्रतिशतले महंगिएको टाइम्स अफ ईण्डियाले जानकारी दिएको छ ।

गत मंसिर ७ मा भारतले निर्यातमा अंकुश लगाएपछि आन्तरिक बजारमा प्याजको आपूर्ति सहज बनेको थियो । करिब १२ दिनमा प्याजको भाउमा ४१ प्रतिशतले गिरावट आएको थियो । बेमौशमी वर्षाका कारण भारतका किसानहरुले बजारमा प्याज ल्याउन सकेका छैनन्। प्याजको आपूर्तिमा ४/५ दिन ढिलाई हुने देखिएको छ ।

पछिल्लो समयमा भारतमा प्याजको भाउमा गिरावट आएसँगै नेपाली बजारमा पनि प्याज सस्तिदै गइरहेको थियो । यद्यपी शुक्रबार प्याजको भाउ स्थिर रहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शुक्रवार थोक बजारमा प्रति किलो ८८ रुपैयाँमा प्याजको किनबेच भइरहेको छ । भारतमा प्याज महंगिएपछि त्यसको सिधा प्रभाव नेपाली तरकारी बजारमा देखिन्छ । नेपाल प्याजमा आत्मनिर्भर नहुँदा भारतबाट आयात गर्नुपर्ने बाध्यता छ ।

Share News