श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको सीईओमा लिलामनी न्यौपाने नियुक्त

<p>काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा लिलामनी न्यौपाने नियुक्त भएका छन् । कम्पनीले उनलाई आगामी ४ वर्षको लागि नियुक्त गरेको हो । न्यौपाने यसअघि सोही फाइनान्स कम्पनीमा महाप्रबन्धक पदमा कार्यरत थिए । ३४ करोड चुक्ता पुँजी रहेको यस फाइनान्सले असोज मसान्तसम्ममा ३ अर्ब ३६ करोड निक्षेप र २ अर्ब ८० [&hellip;]</p>

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा लिलामनी न्यौपाने नियुक्त भएका छन् ।

कम्पनीले उनलाई आगामी ४ वर्षको लागि नियुक्त गरेको हो ।

न्यौपाने यसअघि सोही फाइनान्स कम्पनीमा महाप्रबन्धक पदमा कार्यरत थिए ।

३४ करोड चुक्ता पुँजी रहेको यस फाइनान्सले असोज मसान्तसम्ममा ३ अर्ब ३६ करोड निक्षेप र २ अर्ब ८० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

Share News