प्रारम्भिक मत परिणाम वाम गठबन्धनको पक्षमाः गठबन्धनको ३३ स्थानमा अग्रता, कांग्रेस ४ स्थानमा अगाडि

<p>काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम वामगठबन्धनको पोल्टामा जाने संकेत देखिएको छ । शुक्रबार विहानसम्म प्रतिनिधि सभाको लागि नेकपा एमालेले २ स्थानमा र नेकपा माओवादी केन्द्रले १ स्थानमा जित हासिल गरेका छन् । त्यस्तै मतगणना जारी रहेका स्थानहरु मध्ये एमालेले १८ स्थानमा र माओवादीले १२ स्थानमा अग्रता हासिल गरिरहेको छ । नेपाली कांग्रेसले अहिलेसम्म [&hellip;]</p>

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम वामगठबन्धनको पोल्टामा जाने संकेत देखिएको छ ।

शुक्रबार विहानसम्म प्रतिनिधि सभाको लागि नेकपा एमालेले २ स्थानमा र नेकपा माओवादी केन्द्रले १ स्थानमा जित हासिल गरेका छन् । त्यस्तै मतगणना जारी रहेका स्थानहरु मध्ये एमालेले १८ स्थानमा र माओवादीले १२ स्थानमा अग्रता हासिल गरिरहेको छ ।

नेपाली कांग्रेसले अहिलेसम्म खाता खोलेको छैन । उसले ४ स्थानमा अग्रता हासिल गरेको छ । २ स्थानमा अन्य उम्मेदवारले अग्रता हासिल गरेका छन् ।

त्यस्तै प्रदेशसभातर्फ एमालेले २ स्थानमा विजय हासिल गरी २२ स्थानमा अग्रता कायम गरेको छ । प्रदेशसभाको लागि माओवादीले १९ स्थानमा अग्रता लिएको छ भने कांग्रेसले ७ र अन्यले १ स्थानमा अग्रता लिएका छन् ।

Share News