काठमाडौं । तिनाउ डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बुधबार कम्पनीको १० प्रतिशत बोनस सेयर पछिको सेयरको मूल्य समायोजन गरेको हो ।
समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २२५ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ३१२ रुपैयाँ रहेको थियो ।