काठमाडौं । नेपाल धितोपत्र बोर्डले श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीलाई ८३ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई सोमबार(आज) १० बराबर ८.३ को अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति दिएको हो ।
बोर्डले कम्पनीलाई २८ करोड ६७ लाख रुपैयाँ बराबरको २८ लाख ६७ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो ।
कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ३४ करोड ५४ लाख रुपैयाँ रहेको छ । ८३ प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ६३ करोड रुपैयाँ नाघ्ने छ ।