२ अर्ब ५७ करोडको एफपीओ आउँदै, प्रिमियर इन्स्योरेन्स र बुटवल पावरले पाए बोर्डको अनुमति

<p>काठमाडौं । सेयर बजारमा दुई कम्पनीको कुल २ अर्ब ५७ करोड १५ लाख ७३ हजार ४३५ रुपैयाँ बराबरको एफपीओ आउने भएको छ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) र बुटवल पावर कम्पनी दुबैले सो मात्राको एफपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएका छन् । बोर्डले सोमबार(आज) मात्रै यी दुबै कम्पनीलाई कुल ४७ लाख ४० हजार ५६५ [&hellip;]</p>

काठमाडौं । सेयर बजारमा दुई कम्पनीको कुल २ अर्ब ५७ करोड १५ लाख ७३ हजार ४३५ रुपैयाँ बराबरको एफपीओ आउने भएको छ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) र बुटवल पावर कम्पनी दुबैले सो मात्राको एफपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएका छन् ।

बोर्डले सोमबार(आज) मात्रै यी दुबै कम्पनीलाई कुल ४७ लाख ४० हजार ५६५ कित्ता एफपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

बोर्डले दिएको अनुमति अनुसार प्रिमियर इन्स्योरेन्सले ५२ करोड ६९ लाख ९२ हजार ४३५ रुपैयाँ बराबरको ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ निष्काशन गर्ने भएको छ ।

बोर्डले एनएमबी क्यापिटल मार्फत प्रिमियरकाे एफपीओ निष्काशन गर्न अनुमति दिएको छ । यस कम्पनीले प्रतिकित्ता ७९९ रुपैयाँमा एफपीओ बिक्री गर्ने भएको छ ।

त्यसैगरी, बुटवल पावर कम्पनीले पनि प्रतिकित्ता ५०१ रुपैयाँमा ४० लाख ८१ हजार कित्ता सेयर बिक्री गर्ने भएको छ । कम्पनीले २ अर्ब ४ करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबरको एफपीओ निष्काशन गर्न बोर्डको अनुमति पाएको छ ।

Share News