काँग्रेसका नेता गगन थापा माथि बम आक्रमण, ७ कार्यकर्ता घाईते

<p>काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापा माथि बम आक्रमण भएको छ । सोमबार चुनावी प्रचारमा गएका थापामाथि काठमाडौंको चपलीमा बम आक्रमण भएको । यसमा उनी सहित ७ कार्यकर्ता घाईते भएका छन् । काठमाडौं क्षेत्र नं ४ स्थित बुढानीलकण्ठ नगरपालिकाको चपलीमा रहेको माधव कोलोनीमा चुनावी घरदैलो कार्यक्रम सकेर चुनावी कोण सभा गर्ने क्रममा उनी माथि [&hellip;]</p>

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापा माथि बम आक्रमण भएको छ । सोमबार चुनावी प्रचारमा गएका थापामाथि काठमाडौंको चपलीमा बम आक्रमण भएको । यसमा उनी सहित ७ कार्यकर्ता घाईते भएका छन् ।

काठमाडौं क्षेत्र नं ४ स्थित बुढानीलकण्ठ नगरपालिकाको चपलीमा रहेको माधव कोलोनीमा चुनावी घरदैलो कार्यक्रम सकेर चुनावी कोण सभा गर्ने क्रममा उनी माथि बम आक्रमण भएको हो ।

थापासँगै चुनावी अभियानमा रहेका १२ जना काँग्रेस कार्यकर्ताहरु बम आक्रमणमा घार्इते भएका छन् । जसमध्ये दुर्इको अवस्था गम्भीर रहेको छ । उनीहरुलार्इ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्यार्इएको छ । घाइते भएका थापाको कानमा र ढाडमा चोट लागेको छ ।

Share News