काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई कम्पनीको २० लाख १७ हजार १२० कित्ता बोनस सेयर सूचिकृत भएको छ । सोमबार मात्रै राष्ट्रिय बीमा कम्पनी र फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको गरी सो मात्राको सेयर सूचिकृत भएको हो ।
नेप्सेमा राष्ट्रिय बीमा कम्पनीको १४ लाख २१ हजार ९९५ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, फष्ट माइक्रोफाइनान्सको ५ लाख ९५ हजार १२५ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।