काठमाडौं । सोमबार मात्रै तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले एक संस्थाको बोनस र दुई कम्पनीको हकप्रद सेयरपछिको सेयर मूल्य समायोजन गराएको हो ।
नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको २० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६२१ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १३६० रुपैयाँ रहेको थियो ।
त्यस्तै, सोमबार नै गण्डकी विकास बैंकको २५ प्रतिशत हकप्रद सेयर जारी पश्चात मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७६ रुपैयाँ रहेको छ ।
त्यसैगरी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको पनि हकप्रद सेयर निष्काशन पश्चात नेप्सेले कम्पनीको सेयर मूल्य समायोजन गराएको छ । सामायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९६८ रुपैयाँ रहेको छ ।