काँग्रेस सरकारलाई पत्याएन सेयर बजारले, ६ महिनामा ८५ अंकले ओरालो

<p>काठमाडौं । उदार अर्थतन्त्रको प्रवर्तक बताउँदै आएको नेपाली काँग्रेस नेतृत्वको वर्तमान सरकारका पालामा सेयर बजार ह्वात्तै घटेको छ । काँग्रेस सभापति शेर बहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ६ महिने अवधीमा सेयर बजार ८५.४६ अंकले घटेको हो । देउवा प्रधानमन्त्री भएको दिन अर्थात गत जेठ २४ गते १६२३.१३ अंकमा रहेको नेप्से परिसूचक हाल १५३७.६७ अंकमा झरेको [&hellip;]</p>

काठमाडौं । उदार अर्थतन्त्रको प्रवर्तक बताउँदै आएको नेपाली काँग्रेस नेतृत्वको वर्तमान सरकारका पालामा सेयर बजार ह्वात्तै घटेको छ । काँग्रेस सभापति शेर बहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ६ महिने अवधीमा सेयर बजार ८५.४६ अंकले घटेको हो । देउवा प्रधानमन्त्री भएको दिन अर्थात गत जेठ २४ गते १६२३.१३ अंकमा रहेको नेप्से परिसूचक हाल १५३७.६७ अंकमा झरेको छ ।

संसारभरका कम्युनिष्ट सरकारहरु सेयर बजार प्रति नकारात्मक हुने र बजार ओरालो लाग्ने परिस्थिती बन्दै आएको छ । तर नेपालमा भने खुल्ला बजार अर्थतन्त्रको हिमायती मानिएकै काँग्रेस नेतृत्वको सरकारका पालामा बजार निरन्तर ओरालो लागेको देखिन्छ । अर्काे संयोग के पनि छ भने नेपालको सेयर बजारमा हालसम्मकै उच्च बिन्दु भने कम्युनिष्ट सरकारकै पालामा कायम भएको देखिन्छ ।

काँग्रेसले सेयर बजारको स्वभाविक विकासक्रमका विरुद्ध कुनै निती नल्याए पनि बजार विस्तारका लागि पनि चासो नदेखाएको लगानी कर्ताहरुले बताउँदै आएका छन् । नागरिक दैनिकबाट

Share News