एक्सेल डेभलपमेन्ट बैंकको ३१.७१ प्रतिशत लाभांश पारित, सञ्चालकमा पुरुषोत्तम लम्साल

<p>काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको ३१.७१ प्रतिशत लाभांश पारित भएको छ । आइतबार(आज) सम्पन्न कम्पनीको १२ वार्षिक साधारण सभाले कम्पनीको ३०.१२ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनको लागि १.५९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो । उक्त सभाको उद्घाटन बैंकका अध्यक्ष हेमराज ढकाल र प्रमुख अतिथि विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार [&hellip;]</p>

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको ३१.७१ प्रतिशत लाभांश पारित भएको छ । आइतबार(आज) सम्पन्न कम्पनीको १२ वार्षिक साधारण सभाले कम्पनीको ३०.१२ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनको लागि १.५९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो ।

उक्त सभाको उद्घाटन बैंकका अध्यक्ष हेमराज ढकाल र प्रमुख अतिथि विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले संयुक्त रुपमा गरेका हुन् । साथै, उक्त साधारण सभाले सर्वसाधारण समुहका शेयरधनीहरुमध्येबाट पुरुषोत्तम लम्साललाई संचालक निर्वाचित गरेको छ ।

आ.व. २०७३।०७४मा खुद मुनाफा १५ करोड ०४ लाख रुपैयाँ आर्जन गर्न सफल रहेको छ । बैंकले हालसम्म ३ अर्ब ९३ करोड रुपैयाँ कर्जा र ४ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

सभाबाट पारित बोनस शेयर तथा चालु आ.व.मा निष्काशन गरिएको हकप्रद शेयर पश्चात बैंकको चुक्ता पुँजी ६९ करोड २६ लाख रुपैयाँ नाघ्ने छ ।

Share News