जनता बैंकले १४.४० प्रतिशत बोनस सेयर दिने

<p>&nbsp; काठमाडौं । जनता बैंकले सेयरधनीलाई १४.४० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट १ अर्ब ७० लाख ९१ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने निर्णय गरेको हो । बोनस सेयर वितरणपछि बैंकको चुक्तापूँजी ८ अर्ब रुपैयाँ पुग्ने छ । हाल बैंकको पुँजी ६ [&hellip;]</p>

 

काठमाडौं । जनता बैंकले सेयरधनीलाई १४.४० प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट १ अर्ब ७० लाख ९१ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने निर्णय गरेको हो ।

बोनस सेयर वितरणपछि बैंकको चुक्तापूँजी ८ अर्ब रुपैयाँ पुग्ने छ । हाल बैंकको पुँजी ६ अर्ब ९९ करोड ३६ लाख रुपैयाँ छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति र साधारणसभाबाट पारित भएपछि बोनस सेयर वितरण गर्ने बैंकले जनाएको छ ।

Share News