काठमाडौ । राजधानीको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको नेपाल चेम्वर एक्स्पो २०७४ को नेपालका लागि जापानी राजदूत मासासी ओगावाले एक्स्पोको भ्रमण गरेका छन् ।

राजदूतको टोलीलाई नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ, एक्स्पो संयोजक राष्ट्रभूषण चाकुबजीले अवलोकन भ्रमण गराएका थिए । राजदूत मासासीले मेलामा रहेको विभिन्न स्टलहरुको अभिरुचिपूर्वक अवलोकन गरेका थिए ।
चेम्वरले गरेको यो तेश्रौ एक्स्पो हो । चेम्वरले प्रत्येक वर्ष यस्ता अन्तराष्टिय एक्स्पो गर्दै आएको छ । यस पटकको एक्स्पोमा दक्षिण कोरियाले पार्टनर मुललुकको हैसियतमा सहभागिता जनाएको छ भने थाइल्याण्ड फोकस मुलकुको रुपमा सहभागी रहेको छ ।
एक्सपोमा नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान र वंगलादेश गरी आठ वटा मुलुकहरुको सहभागिता रहेको छ । मेलामा कुल दुई सय २५ वटा स्टलहरु रहेका छन् । एक्स्पो सोमबारसम्म चल्नेछ ।