काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले शुक्रबारदेखि दाङ जिल्लाको राप्ती गाँउपालिका ४, मौरीघाटमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त स्थानमा पहिलो बैंकको रुपमा बैंकको यस शाखाले आफ्नो कारोवार संचालनमा ल्याएको हो ।
उक्त शाखा कार्यालयको उद्घाटन समारोहका प्रमुख अतिथि राप्ती गाँउपालिका प्रमुख नुमानन्द सुवेदीे तथा ज्योति विकास बैंकको संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए । यो शाखा सहित दाङ जिल्लामा यस बैंकको ४ बटा शाखा कार्यालय भएका छन् ।
आफ्नो सेवा क्षेत्रलाई ग्रामीण भेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लगिने र मुनाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्व र सेवा भाव समेतलाई जोड दिँदै आएको बैंकको संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले जानकारी गराए ।
यस बैंकको ४६ वटा शाखा कार्यालय र १४ वटा एटिएम रहेका छन् ।