कैलाश विकास बैंकको १९ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी साढे २ अर्ब माथी

<p>काठमाडौं । कैलाश विकास बैंक लिमिटेडको १९.४५ प्रतिशत लाभांश पारित भएको छ । बैंकको शुक्रबार सम्पन्न २४औं वार्षिक साधारण सभाले १० प्रतिशत बोनस र ९.४५ प्रतिशत नगद लाभांश गरी सो मात्राको लाभांश वितरण गर्ने कम्पनीको प्रस्ताव पारित गरेको हो । साथै, उक्त सभाले संस्थाको आ.व. २०७३/०७४को वासलात तथा सोही मितिको नाफा नोक्सान हिसाव तथा नगद [&hellip;]</p>

काठमाडौं । कैलाश विकास बैंक लिमिटेडको १९.४५ प्रतिशत लाभांश पारित भएको छ । बैंकको शुक्रबार सम्पन्न २४औं वार्षिक साधारण सभाले १० प्रतिशत बोनस र ९.४५ प्रतिशत नगद लाभांश गरी सो मात्राको लाभांश वितरण गर्ने कम्पनीको प्रस्ताव पारित गरेको हो ।

साथै, उक्त सभाले संस्थाको आ.व. २०७३/०७४को वासलात तथा सोही मितिको नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण समेत पारित गरेको छ ।

१० प्रतिशत बोनस सेयर पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । गत मंसिर १३ गतेसम्ममा यस संस्थाले १८ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी१६ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Share News