काठमाडौं । सगुनले दोस्रो राउण्डको शेयर बिक्री म्याद थप गरेको छ । अमेरिकाको न्यूयोर्क समय अनुसार नोभेम्बर ३० तारिख मध्य रातमा सकिने समय सिमा तोकिए पनि विश्वभरबाट अत्याधिक संख्यामा लगानीकर्ताहरुको चाप तथा बिभिन्न देशहरुमा बैंक ट्रान्सफरमा समस्या देखिएकाले शेयर खरिदको समय ७२ घण्टा थप गरेको हो । अब अमेरिकी न्यूयोर्क समय अनुसार डिसेम्बर ३ तारिकको मध्य रातसम्म लगानी खुल्ला रहनेछ ।

शेयर लगानीका लागि विश्वभरबाट उत्साहजनक सहभागिता जुटेको सगुनले जानकारी दिएको छ । कम्पनीका अनुसार लगानी गर्ने म्याद गुज्रिनै लाग्दा विश्वभरबाटअत्याधिक संख्यामा लगानीकर्ताहरु शेयर खरिदको प्रकृयामा आएका छन् ।
अन्तिम समयमा बढेको अनपेक्षित चाप व्यवस्थापन, केही देशहरुमा वायर ट्रान्सफर देखिएको समस्या र लगानीकर्ताको अनुरोधलाई सम्बोधन गर्नुपर्ने भएका कारण हाल खुल्ला रहेको शेयर बिक्री अवधीलाई ७२ घण्टाका लागि थप गरिएको जानकारी गराएको छ । सगुनले अमेरिकी कानुन जब्स एक्ट २०१२ अन्तर्गत दोस्रो चरण अन्तर्गत मिनी आइपिओ जारी गरेको हो ।
सगुनकको लगानीको प्रकृयामा प्रवेश गरेका तर व्यवहारिक र प्राबिधिक कठिनाइका कारण शेयर खरिद प्रकृया पूरा गर्न नपाएका लगानीकर्ताहरुको आग्रहलाई मध्यनजर गरेर ७२ घण्टाको समय थप गरिएको हो । अष्ट्रेलिया, भारत लगायतका कतिपय देशहरुबाट बैंकिङ कारोबारमा समस्या आएको कारण त्यहाँको समस्या समाधान गर्न र हाम्रा लगानीकर्तालाई सहज वातावरण बनाउन थपिएको यो समय प्रयाप्त हुने कम्पनीको विश्वास छ ।
कम्पनीका अनुसार शेयर विक्री कार्यक्रम न्यूयोर्क समय अनुसार नोभेम्बर ३० मध्य राती बाट जम्मा ७२ घण्टाको लागि थप गरिएको जानकारी छ । थपिएको समय अनुसार अब डिसेम्बर ३ तारिख मध्य रात (न्युयोर्क समय)सम्म म्याद रहनेछ ।
शेयर लगानीको प्रकृयामा प्रवेश गर्ने र थपिएको समय उपयोग गर्दै शेयर खरिद गर्न इच्छुक व्यक्तिहरुलाई थपिएको समय पर्याप्त हुने हाम्रो विश्वास छ । सगुनको साइटमा उपलब्ध फाराम भरेर लगानी प्रकृया पूरा गर्न अनुरोध गर्दै यो भन्दा अरु समय थप नहुने पनि जानकारी गराएको छ ।