धुलोमुक्त काठमाडौंमा ‘ब्रुमरको तगारो’

<p>काठमाडौं । काठमाडौं महानगरपालिकालाई धुलो मुक्त बनाउन भन्दै सुरु भएको ब्रुमर खरिद प्रक्रिया अन्यौलमा परेको छ । महानगरपालिकाले धुलोमुक्त काठमाडौं बनाउने भन्दै पाँच वटा ब्रुमर खरिद प्रक्रिया अघि बढाएको थियो । तर दोश्रो पटक टेण्डर निकाल्दा समेत उपयुक्त प्रस्ताव आएन् । ‘पाँच वटा ब्रुमर किन्न दोश्रो पटक टेण्डर निकालिसक्यौं तर पनि कसैले उपयुक्त प्रस्ताव हालेनन्, [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकालाई धुलो मुक्त बनाउन भन्दै सुरु भएको ब्रुमर खरिद प्रक्रिया अन्यौलमा परेको छ । महानगरपालिकाले धुलोमुक्त काठमाडौं बनाउने भन्दै पाँच वटा ब्रुमर खरिद प्रक्रिया अघि बढाएको थियो । तर दोश्रो पटक टेण्डर निकाल्दा समेत उपयुक्त प्रस्ताव आएन् । ‘पाँच वटा ब्रुमर किन्न दोश्रो पटक टेण्डर निकालिसक्यौं तर पनि कसैले उपयुक्त प्रस्ताव हालेनन्, अब के गर्ने भन्नेबारे सोच्दैछौं’, काठमाडौं महानगरपालिकाका खरिद शाखा प्रमुख देवेन्द्र पोखरेलले विकासन्युजसँग भने ।

काठमाडौं महानगरपालिकासँग चीनले अनुदानमा दिएको २ वटा ब्रुमर रहेको छ । सकड विभागसँग अर्काे २ वटा ब्रुमर रहेको छ । तर ती चारवटै ब्रुमर राम्रोसँग काम गर्न नसक्ने अवस्थाका छन् । महानगरपालिकाले निर्वाचन पुर्व खुल्लामञ्च, रत्नपार्क भद्रकाली, शहिदगेट लगायतको क्षेत्रलाई धुलोमुक्त पार्ने बताउँदै आएको थियो । बिहिबार दिउसोँ एउटा ब्रमुर चलाएर धुलो उठाउने प्रयास गरेको महानगरपालिका त्यसमा पनि सफल हुन सकेन् । पुराना ब्रुमर र सडक किनारामा जम्मा भएको धुलोका कारण सफलता हाल पार्न नसकेको देखियो ।

ब्रमुरले मुलक सडकको धुलो मात्रै उठाउन सक्छ । तर राजधानीका सडक किनारा र फुटपाथमा धुलो जम्मा हुने गरेको छ । तत्कालिन व्यवस्थापिका संसदको विकास समितिले ब्रुमर लगाएर तथा पानी प्रयोग गरेर भएपछि महानगरपालिकालाई धुलो मुक्त बनाउन गत माघ २१ गते नै निर्देशन दिएको थियो । महानगरपालिकाले पाँच वटा ब्रुमर प्रयोग गरेर राजधानीका सडकबाट धुलो उठाउने बताउँदै आएको थियो । तर टेण्डरमै गतिलो प्रस्ताव नआएपछि धुलो मुक्त महानगर अभियानमा तगारो तेर्सिएको हो ।

पुनः मूल्याकनको तयारी
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धनिराम शर्माका अनुसार महानगरपालिकाले अनुमान गरेको भन्दा २० प्रतिशत बढि मूल्य कबोल गरेर ब्रुमर बिक्रेताको आवेदन आएको थियो । ‘हाम्रो लागत अनुमान भन्दा २० प्रतिशत बढिका प्रस्तावहरु आएका थिए, अब भने ब्रमुरको मूल्यमै पुनः मूल्यांकन गर्नुपर्ने देखिएको छ ।’, महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शर्माले विकासन्युजसँग भने ।

Share News