काठमाडौं । सिजीले विभिन्न आकर्षक स्वरुप तथा विशेषताहरु भएको मोटरमा १० वर्ष वारेण्टी भएको वासिङ्ग मेसिनहरु नेपाली बजारमा ल्याएको छ । जसमा वाटर म्याजिक क्यिूब, वासर तथा ड्रायर जस्ता विशेषताहरु रहेका छन् ।

जस मार्फत ग्राहकहरुले केवल एक बटन थिचेर आफ्नो सबै घरको धुलाई सजिलैसँग धुन र सुकाउन सक्नेछन् ।
वाटर म्याजिक क्यिूब अन्तर्गत सुपर्स विङ्गस् र वाटर क्यिूब ड्रम रहेका छन् । यसले अरु वासिङ्ग मेसिनभन्दा ३३ प्रतिशत कम पानीको खपत गर्दछ ।
सिजीका वासिङ्ग मेसिनले ग्राहकको बहुमुल्य समय र शक्ति बचाउनुका साथै ग्राहकहरुको जिवनचर्यालाई सहज बनाई दिने कम्पनीको विश्वास रहेको छ ।