११ महिनामा १ हजार कसरी बन्यो ११ हजार ? यस्तो छ भर्चुअल मुद्राको रहस्य

<p>काठमाडौं । पछिल्लो केही महिनामा धेरैपटक बिटक्वाइन चर्चा साम्य हुने कुरा चलिरहेको छ । तर, भर्चुअल मुद्रा बिटक्वाइनको भाउ घट्ने संकेत समेत देखिएको छैन । सन् २०१७ को अहिले ११ महिनाबितिसकेको छ । एउटा बिटक्वाइनको मूल्य ११ हजार अमेरिकी डलरसम्म पुगेको छ । ठिक एक वर्ष अघि बिटक्वाइनको भाउ ७ सय ५३ डलर पुगेको थियो । [&hellip;]</p>

काठमाडौं । पछिल्लो केही महिनामा धेरैपटक बिटक्वाइन चर्चा साम्य हुने कुरा चलिरहेको छ । तर, भर्चुअल मुद्रा बिटक्वाइनको भाउ घट्ने संकेत समेत देखिएको छैन ।


सन् २०१७ को अहिले ११ महिनाबितिसकेको छ । एउटा बिटक्वाइनको मूल्य ११ हजार अमेरिकी डलरसम्म पुगेको छ । ठिक एक वर्ष अघि बिटक्वाइनको भाउ ७ सय ५३ डलर पुगेको थियो । एक वर्षमा यसमा करिब १ हजार तीन सय प्रतिशतले उछालिएको छ ।

लक्जमबर्गमा आधारित बिटक्वाइन एक्सचेञ्जका अनुसार बिटक्वाइनले यो वर्ष आफ्नो यात्रा १ हजार डलरबाट सुरु गरेको थियो । अर्थात जनवरीको सुरुवातमा १ बिटक्वाइनको मूल्य १ हजार डलरमा पाइन्थ्यो । सन् २००९ मा सार्वजनिक भएपछि यो भर्चुअल मुद्राको भाउमा ठुलो उतारचढाव आइरहेको छ ।

प्रत्यक्षरुपमा अस्तित्वमा नभएको मुद्राको भाउ कसरी दिन प्रतिदिन बढिरहेको छ ? यसमा लगानी कसले गरिरहेको छ ?

रिसर्च फर्म अटोनोमस नेक्स्टले यसको पत्ता लगाउने कोसिस गरेको छ । यसको पछाडी हेज फण्ड्सको खेल रहेको दाबी गरिएको छ । जो सेयर किन्दै त्यसलाई फेरि मूनाफामा बेच्ने गर्छ । फाइनान्सियल मार्केटमा हेज फण्डको लगानीका लागि छुट्टै वैकल्पिक कोष खडा गरिएको छ । जसको प्रयोग राम्रो मुनाफा लिनका लागिगरिन्छ । यो फण्डले एकैचोटी लगानीका लागि थुप्रो रणनीतिहरु अपनाउछ । जसले मुनाफा सुनिश्चित गर्दछ ।

अटोनोमस नेक्स्टका अनुसार यो वर्ष बिटक्वाइनको खरीद-बिक्रीमा हेज फण्ड्सको साझेदारी ३० बाट बढेर १ सय ३० सम्म पुगेको छ । यसका कारण बिटक्वाइनले ठुलै मुनाफा दिएको छ । यसको मुनाफा संसारमा सबैभन्दा बढी मुनाफा दिने कम्पनी डिज्नी, आईबीएम वा म्याकडोनल्डको भन्दा बढी छ ।

विश्लेषक नाथनियल पपरले यही कुरालाई अघि बढाउँदै बिटक्वाइनको खरीदकर्ताहरु संसारभरमा में फैलिएका छन् । न्यूयोर्क टाइम्समा लेखिएको एक लेखमा पपरले लेखेका छन्, “सुनसँग प्रतिस्पर्धा गर्नसक्ने लगानीको क्षेत्र भेटिएको उनी स्विकार्छन् । यो यस्तो लगानीको क्षेत्र हो जसमा कम्पनीहरुको अधिकार छैन र यसमा सरकारको पनि नियन्त्रण छैन ।”

बिटक्वाइन के हो ?

बिटक्वाइन एउटा भर्चुअल मुद्रा हो जसमा कुनै सरकारी नियन्त्रण छैन । यो मुद्रालाई संसारको कुनै बैंकले पनि जारी गरेको छैन । किनभने यो कुनैपनि देशको मुद्रा होइन । त्यसैले यसमा कुनै पनि ट्याक्स लगाइएको छैन । बिटक्वाइन पूर्णरुपमा गुप्त मुद्रा हो । यसलाई सरकारबाट लुकाएर राखिएको हुन्छ ।

Share News