२५ करोड फिर्ता पाउने भएपछि युनाइटेड इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढ्यो

<p>काठमाडौं । सिजी इलोट्रोनिक्सले दावी वापत लगेको २५ करोड रुपैयाँ फिर्ता हुने भएपछि युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सेयर मुल्य करिब १०(अर्थात ९.९६) प्रतिशतले बढेको छ । बिहीबार युनाइटेडको सेयर मूल्य प्रतिकित्ता १२२ रुपैयाँ बढेर १ हजार ३४७ रुपैयाँ पुगेको छ । बिहीबार युनाइटेडको ४ करोड ५५ लाख ११ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको [&hellip;]</p>

काठमाडौं । सिजी इलोट्रोनिक्सले दावी वापत लगेको २५ करोड रुपैयाँ फिर्ता हुने भएपछि युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सेयर मुल्य करिब १०(अर्थात ९.९६) प्रतिशतले बढेको छ ।

बिहीबार युनाइटेडको सेयर मूल्य प्रतिकित्ता १२२ रुपैयाँ बढेर १ हजार ३४७ रुपैयाँ पुगेको छ । बिहीबार युनाइटेडको ४ करोड ५५ लाख ११ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यो सबैभन्दा बढी हो । सेयर मूल्य बढेपछि युनाइटेडका लगानीकर्ताले एकै दिन १२२ रुपैयाँ कमाएका छन् ।

सीजी र युनाइटेड दुबै चौधरी ग्रुप अन्र्तगतका कम्पनी हुन् । सीजीले ४ वटा गोदाममा आगलागी भएपछि तत्काल युनाइटेडबाट २५ करोड रुपैयाँ दावी भुक्तानी पाएको थियो । पाटन उच्च अदालतले दावी रकम फिर्ता गर्न सीजीलाई आदेश दिएपछि यसको असर बजारमा परेको हो ।

२०६९ असोज २९ गते राजधानीको सतुंगलस्थित सिजीअन्तर्गतका चारवटा इलोक्ट्रोनिक्स उद्योगको गोदाममा आगलागी भएको थियो । चारवटा बिमा पोलिसीअन्तर्गत करिब ८५ करोड रुपैयाँ बराबरको सम्पत्तिमा भएको आगलागी पछि बीमा सर्भेयरले ५८ करोड रुपैयाँ क्षति भएको प्रतिवेदन बुझाएको थियो । सोहीअनुसार युनाइटेडले सीजीलाई आंशिक रुपमा २५ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

उच्च अदालतको आदेश विरुद्धमा चौधरी ग्रुप सर्वोच्च अदालतमा जाने तयारी गरेको छ । युनाइटेडमा चौधरीका विभिन्न कम्पनीको नाममा १६ प्रतिशत लगानी छ ।

Share News