सेयर बजारमा उतारचढाव, नेप्से सामान्य अंकले उकालो

<p>काठमाडौं । बिहीबारको सेयर बजारमा उतारचढाव देखिएको छ । बजार खुल्नासाथ उकालो लागेर १५४० अंकमा पुगको नेप्से करिब २ घण्टामा ओरालो लागेर १५२७ अंकमा झरेको थियो । त्यसपछिको बजारमा भने नेप्सेलाई केही टेवा पुगेको देखिन्छ । अन्ततः बजार बन्द हुँदा नेप्से परिसूचक सामान्य १.५५ अंकले उकालो लागेर १५३७.६७ अंकमा पुगेको छ । बुधबारको तुलनामा नेप्सेमा [&hellip;]</p>

काठमाडौं । बिहीबारको सेयर बजारमा उतारचढाव देखिएको छ । बजार खुल्नासाथ उकालो लागेर १५४० अंकमा पुगको नेप्से करिब २ घण्टामा ओरालो लागेर १५२७ अंकमा झरेको थियो । त्यसपछिको बजारमा भने नेप्सेलाई केही टेवा पुगेको देखिन्छ । अन्ततः बजार बन्द हुँदा नेप्से परिसूचक सामान्य १.५५ अंकले उकालो लागेर १५३७.६७ अंकमा पुगेको छ ।

बुधबारको तुलनामा नेप्सेमा सामान्य सुधार भएता पनि कारोबार रकमा भने भारी गिरावट आएको छ । बुधबार एक अर्ब बढी रुपैयाँको कारोबार भएको सेयर बजारमा बिहीबार जम्मा ७४ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । उक्त रकम अघिल्लो दिनको तुलनामा करिब २५ करोड रुपैयाँ घटी हो । बिहीबारको बजारमा जम्मा १६४ कम्पनीको १३ लाख ५२ हजार कित्ता सेयर किनबेच भएका छन् ।

साताको अन्तिम कारोबारमा सबैभन्दा बढी होटल समूहको परिसूचक २५ अंकले बढेको छ । त्यस्तै, हाइड्रो समूहको परिसूचक २१ र बीमाको २० अंकले उकालो लागेको छ । त्यस्तै, विकास बैंक, फाइनान्स र उत्पादनमूलक समूहको परिसूचक सामान्य अंकले झरेका छन् भने बाँकी समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् ।

Share News