सवारी लाइसेन्स वितरण र नविकरण गर्ने सबै काम बन्द

<p>काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयका कर्मचारी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा खटिएपछि सवारी अनुमतीपत्र (लाइसेन्स) वितरण सेवा स्थगित भएको छ । यातायात कार्यालयका कर्मचारी तथा ट्राफिक प्रहरी चुनावका लागि मतदान स्थल  र केन्द्रमा खटिएपछि त्यसको प्रभाव हजारौं सेवाग्राहीमा परेको छ। लाइसेन्सका लागि दिन यातायात कार्यालय पुगेका सेवाग्राही ट्रायल नदिई फर्कन बाध्य छन् । देशैभर [&hellip;]</p>

काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयका कर्मचारी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा खटिएपछि सवारी अनुमतीपत्र (लाइसेन्स) वितरण सेवा स्थगित भएको छ । यातायात कार्यालयका कर्मचारी तथा ट्राफिक प्रहरी चुनावका लागि मतदान स्थल  र केन्द्रमा खटिएपछि त्यसको प्रभाव हजारौं सेवाग्राहीमा परेको छ।

लाइसेन्सका लागि दिन यातायात कार्यालय पुगेका सेवाग्राही ट्रायल नदिई फर्कन बाध्य छन् । देशैभर विभाग अन्तर्गत २३ वटा यातायात व्यवस्था कार्यालयहरु छन् । यातायात व्यवस्था कार्यालयहरुमा कार्यरत ९० प्रतिशत कर्मचारी निर्वाचनमा खटिएको यातायात विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए ।

‘देशकै ठुलो पर्वजस्तो बेलामा कर्मचारी खट्नु स्वभाविक पनि हो,’ उनले भने, ‘ लिखित परीक्षा लिने कर्मचारीदेखि ट्राफिक प्रहरीसम्म चुनावमा खटिएका छन् । कोही कर्मचारी नभएपछि चुनावसम्मका लागि लाइसेन्सको काम स्थगित गरेका छौं ।’

पुरानो लाइसेन्स नविकरणको काम भइरहेको भट्टराईले बताए । उनका अनुसार शुक्रबारदेखि नविकरणको काम पनि बन्द हुनेछ भने आइतबारदेखि राजश्व उठाउने काम पनि स्थगित गरिनेछ । उनले भने, ‘आउदो आइतबारदेखि सार्वजनिक सूचना जारी गर्दै सम्पूर्ण सेवा स्थगित गर्नेछौं ।’

निर्वाचनमा कर्मचारी तथा ट्राफिक प्रहरी खटिनुपर्ने भएकोले नयाँ आवेदन दर्ता, लिखित परीक्षा, रिट्रायल  मंसिर २१ गते सम्मको लागि बन्द गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ।

अधिकांश कर्मचारी चुनावमा खटिएकाले सेवा केही हदसम्म प्रभावित भएको भट्टराईले बताए। ‘चुनावमा कर्मचारी खटिँदा केही समस्या परे पनि विभागले सेवा दिइरहेको छ’, उनले भने, ‘यद्यपी आइतबारदेखि कर्मचारी नहुँदा स्थगित नै गर्नुपर्ने बाध्यता छ।’

Share News