आजदेखि बाघको गणना सुरु, कति छन् त नेपालमा बाघ ?

<p>रत्ननगर । दुर्लभ जातका रोयल बंगाली बाघको गणना आजदेखि सुरु भएको छ । भारत र नेपालमा एकैचोटी बाघको गणना सुरु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । उक्त गणना दुई दक्षिण एशियाली मुलुकबीचका तराई भेग अन्तर्गतका दर्जनौं जंगलहरुमा गरिनेछ । यो परियोजनाले रोयल बेंगल बाघहरुको संख्या पत्ता लगाउनेछ । ९ सय ५० [&hellip;]</p>

रत्ननगर । दुर्लभ जातका रोयल बंगाली बाघको गणना आजदेखि सुरु भएको छ । भारत र नेपालमा एकैचोटी बाघको गणना सुरु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

उक्त गणना दुई दक्षिण एशियाली मुलुकबीचका तराई भेग अन्तर्गतका दर्जनौं जंगलहरुमा गरिनेछ । यो परियोजनाले रोयल बेंगल बाघहरुको संख्या पत्ता लगाउनेछ ।

९ सय ५० किलोमिटर क्षेत्रफलमा फैलिएको तराई भेग भारतको बिहार, उत्तरप्रदेश र उत्तराखण्ड र नेपालको दक्षिण भेगमा अवस्थित छ । उक्त क्षेत्रमा संसारकै बाक्लो ५००को हाराहारीमा बाघहरु रहेको वर्ल्ड वाइड फण्ड फर नेचर (डब्लुडब्लुएफ) को तथ्यांकले देखाएको छ ।

विभागका अनुसार क्यामराको सहायतबाट बाघको गणना गरिदैछ । बाघ हिड्ने बाटोहरुमा क्यामरा राखिएको हुन्छ । सोही क्यामरा मार्फत कति बाघ छन् तथ्यांक संकलन गरिने विभाले जानकारी दिएको छ ।

विभागका कार्यकारी निर्देशक गोपाल प्रसाद भट्टराईले १५० वटा क्यामरा सहित करिब २ सय जनशक्तीको सहायताबाट बाघको संख्या आकन गर्ने बताए । क्रमिक रुपमा गरिने गणनाबाट एउटै बाघ दोहोरिने सम्भावन कम हुने उनले बताए ।

सन् २०१३ मा नेपालमा बाघको संख्या १९८ वटा थियो । जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा १२०, बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, सुख्लाफाँटमा १७, पर्सामा ७ र बांकेमा चारवटा थिए ।

Share News