बजारमा एक अर्ब बढीको सेयर कारोबार, सबैभन्दा बढी बुटवल पावरको

<p>काठमाडौं । लामो समयपछि सेयर बजारमा एक अर्ब माथिको सेयर कारोबार भएको छ । बुधबारको बजारमा १६३ कम्पनीको एक अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कुल २० लाख ४५ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी बुटवल पावर कम्पनीको सबैभन्दा बढीको सेयर कारोबार भएको छ । [&hellip;]</p>

काठमाडौं । लामो समयपछि सेयर बजारमा एक अर्ब माथिको सेयर कारोबार भएको छ । बुधबारको बजारमा १६३ कम्पनीको एक अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कुल २० लाख ४५ हजार कित्ता सेयर किनबेच भएको छ ।

बजारमा सबैभन्दा बढी बुटवल पावर कम्पनीको सबैभन्दा बढीको सेयर कारोबार भएको छ । यस कम्पनीको एकैदिन ६ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७१८ रुपैयाँ रहेको छ ।

बढी कारोबार हुने १० कम्पनी

त्यस्तै, बजारमा अन्य दुई कम्पनीको पनि ६ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन नेपाल दुरसञ्चार कम्पनीको ६ करोड ५० लाख रुपैयाँ बढीको सेयर किनबेच भएको हो । त्यसैगरी, सानिमा माई हाइड्रोको ६ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बुधबार सबैभन्दा बढी नागबेली लघुवित्त विकास बैंकका लगानीकर्ताले ८.८८ प्रतिशत कमाएका छन् । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २८४५ रुपैयाँ रहेको छ । त्यस्तै, रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ८.८४ प्रतिशतले वृद्धि भएको छ ।

समग्रमा नेप्से परिसूचक १२.२६ अंकले बढेर १५३६ अंकमा पुगेको छ । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक उकालो लागेको छ । यस समूहको परिसूचक १०० अंकले उकालो लागेको हो । सो दिन उत्पादनमूलक समूह बाहेक अन्य बाँकी समूहको परिसूचक हरिया भएका छन् । उत्पादनमूलक समूहको परिसूचक ३२ अंकले ओरालो लागेको छ ।

दोहोरो अंकले बढेको बजारमा हिमालय डिस्टिलरी लिमिटेडको सेयर मूल्यमा गिरावट आएको छ । बुधबार यस कम्पनीको सेयर मूल्य ९.९५ प्रतिशतले घटेको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२४९ रुपैयाँ रहेको छ ।

Share News