काठमाडौं । गुडविल फाइनान्सको आगामी मंसिर २५ गतेदेखि पुस ९ गतेसम्म बुक क्लोज हुने भएको छ । कम्पनीले साधारणसभामा जाने प्रयोजनको लागि उक्त १२ दिन संस्थाको बुक क्लोज गर्न लागेको हो ।
यस कम्पनी आगामी पुस ७ गते वार्षिक साधारणसभामा जाँदै छ । सभामा फाइनान्सले १०.७२९ प्रतिशत लाभांश दिने कम्पनीको प्रस्तावलाई पारित गर्ने भएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १०.१९२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३७ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव राखेको थियो ।