तरलता कम भएपछि वाणिज्य बैंकले उठाए११ अर्ब , राष्ट्र बैंकले बुधबार १० अर्ब बजारमा पठाउदै

<p>काठमाडौं । बजारमा लगानीयोग्य पुँजी (तरलता) कम भएपछि बाणिज्य बैंकहरुले मंगलबार नेपाल राष्ट्र बैंकबाट ११ अर्ब रुपैयाँ उठाएका छन् । बजारमा लगानीयोग्य पुँजी (तरलता) कम भएर अन्तर बैंक ब्याजदर सीमा नाघेपछि राष्ट्र बैंकले मंगलबार हस्तक्षेप गरी रिपो वित्तीय उपकरणमार्फत बजारमा १० अर्ब रुपैयाँ पठाएको थियो । १० अर्ब रुपैयाँको रिपो निष्कासन गर्दा ९ वाणिज्य बैंकले [&hellip;]</p>

काठमाडौं । बजारमा लगानीयोग्य पुँजी (तरलता) कम भएपछि बाणिज्य बैंकहरुले मंगलबार नेपाल राष्ट्र बैंकबाट ११ अर्ब रुपैयाँ उठाएका छन् ।

बजारमा लगानीयोग्य पुँजी (तरलता) कम भएर अन्तर बैंक ब्याजदर सीमा नाघेपछि राष्ट्र बैंकले मंगलबार हस्तक्षेप गरी रिपो वित्तीय उपकरणमार्फत बजारमा १० अर्ब रुपैयाँ पठाएको थियो ।

१० अर्ब रुपैयाँको रिपो निष्कासन गर्दा ९ वाणिज्य बैंकले ११ अर्ब रुपैया उठाएका हुन् । बैंकले माग भन्दा बढी रकम उठाएपछि राष्ट्र बैंकले बुधबार पुनः १० अर्ब रुपैयाँको रिपो ल्याउदै छ । बजारमा तरतलाको अभाव देखिएको निश्कर्ष राष्ट्र बैंकका छ । बजारमा अझै पनि १६ अर्ब तरलता रहेको राष्ट्र बैंकले जनाएको छ ।

बैंकहरुले सरकारी ऋणपत्रमा लगानी गरेपछि तरलतामा कमी आई तत्काल समस्या समधान गर्न १० अर्ब रुपैयाँ रकम बजारमा पठाएको हो । १४ दिन अवधिको रिपोको ब्याज दर ५ प्रतिशत छ । रिपोको रकम मंसिर २६ गते फिर्ता हुने केन्द्रीय बैंकले जनाएको छ ।

ब्याजदर करिडोर नीतिअन्र्तगत राष्ट्र बैंकले बजारमा तरलताको अभाव हुदा ५ प्रतिशत ब्याजदरमा पैसा बजारमा पठाउने र बैकिङ प्रणालीमा तरलता बढी हुदा ३ प्रतिशत ब्याजदरमा रिभर्स रिपोमार्फत बजारबाट पैसा उठाउने गरेको छ ।

 

Share News