काठमाडौं । यति एयरलाइन्सले आफुसँग भएको यात्रु सेवाको लागि प्रयोग नहुने बीएई प्रणालीको जेटस्ट्रिम ४१ (सिरियल नं. ४१०१७) लाई हस्तान्तरण गरेको छ । एयरलाइन्सले भैरहवा स्थित गौतमबुद्ध विमानस्थलअन्तर्गतको उद्धार तथा अग्नि निवारणको दैनिक अम्यास प्रयोजनार्थ उक्त विमान हस्तान्तरण गरेको हो ।

नागरिक उड्डयन प्राधिकरण नेपालले उक्त विमानलाई अग्नि नियन्त्रण तथा आकस्मिक उद्धार तालिमको लागि प्रयोग गर्ने बताईएको छ । यस्ता विमानप्रयोग गरि प्रदानगरिने तालिमले नेपालका नागरिक उड्डयन क्षेत्रका सरोकारवाला तथा यात्रुहरुलाई फाइदा पुग्नेमा यति एयरलाइन्स विश्वस्त छ ।
मंसिर ११ गते एक औपचारिक कार्यक्रमकाबिच उक्त विमान हस्तान्तरण गरिएकाे हाे । यति एयरलाइन्सका ग्राउण्ड ह्याण्डलीङ्ग मेनेजर अंकुर जंग राणाले गौतमबुद्ध विमानस्थल ना.उ.कार्यालयका प्रमुख शिशिल चित्रकारलाई उक्त विमान हस्तान्तरण गरेका हुन् ।

उडान कार्यका अतिरित्त यति एयरलाइन्स देशका नागरिक उड्डयन क्षेत्र तथा समाजको उत्थानकालागि सधै सक्रिय र प्रतिबद्ध रहेको छ ।
यस भन्दा पहिले नेपालमा कुनै पनि निजी विमान कम्पनीद्धारा यस्ता विमानहरु सार्वजनिक हितकालागि हस्तान्तरण गरेका थिएनन् ।