बागदरबारमा प्राधिकरणको हस्तक्षेपः महानगर र पुरातत्वसँग मागियो प्रतिवेदन

<p>काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बागदरबार पुनर्निर्माण सम्बन्धी काममा हस्तक्षेप गरेको छ । पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबिच बागदरबार पुननिर्माण वा प्रबलीकरण गर्ने भन्नेबारे विवाद उत्पन्न भएपछि प्राधिकरणले हस्तक्षेप गरेको हो । प्राधिकरणले पुरातत्व विभाग र काठमाडौं महानगरपालिकासँग बागदरबार पुननिर्माण वा प्रबलीकरण गर्ने भन्नेबारेको अध्ययन प्रतिवेदन उपलब्ध गराउने निर्देशन दिएको छ । प्रमुख कार्यकारी अधिकृत [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बागदरबार पुनर्निर्माण सम्बन्धी काममा हस्तक्षेप गरेको छ । पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबिच बागदरबार पुननिर्माण वा प्रबलीकरण गर्ने भन्नेबारे विवाद उत्पन्न भएपछि प्राधिकरणले हस्तक्षेप गरेको हो ।

बागदरबार भत्काएर काठमाडौं महानगरपालिकाले बनाउन लागेको भवनको डिजाइन

प्राधिकरणले पुरातत्व विभाग र काठमाडौं महानगरपालिकासँग बागदरबार पुननिर्माण वा प्रबलीकरण गर्ने भन्नेबारेको अध्ययन प्रतिवेदन उपलब्ध गराउने निर्देशन दिएको छ ।

प्रमुख कार्यकारी अधिकृत युवराज भूसालको अध्यक्षतामा आइतवार बसेको पुरातत्व विभाग, काठमाण्डौ महानगरपालिका, शिक्षा मन्त्रालय अन्र्तगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई लगायत सरोकारवाला निकायको बैठकले भूकम्पले क्षति पुगेको सुन्धारास्थित ऐतिहासिक बागदरवारको प्रबलीकरण गर्ने वा पुनर्निर्माण गर्ने बिषयको अध्ययन प्रतिवेदन बुझाउन निर्देशन दिएको हो ।

पुरातत्व विभागले बागदरबारमा रेक्ट्रो फिटिङ गर्नुपर्ने बताउँदै आएको छ भने काठमाडौं महानगरपालिकाले बागदरबार भत्काएर नयाँ भवन बनाउने प्रक्रिया अघि बढाईसकेको छ । दुई निकायबिच विवाद बढेपछि प्राधिकरणले हस्तक्षेप गरेर अध्ययनहरुका सक्कल फाइलहरु बुझाउन निर्देशन दिएको प्राधिकरणका प्रवक्ता यमलाल भुषालले जानकारी दिए ।

Share News