काठमाडौं । ओटो फोन्सले नेपाली बजारमा फ्रयांक सिरिजको नयाँ स्मार्टफोन फ्र्यांक ड्युअल ल्याएको छ । यो मोबाइल बजारमा सुनौलो र कालो रंगमा उपलब्ध छ । यो भन्दा पहिले ओटोले मार्क सिरिज अन्तर्गत ओटो मार्क र ओटो मार्क २ बजारमा ल्याइसकेको छ ।

ओटो फ्र्यांक ड्युअल को फुलमेटल बडी, २.५ डि कर्भस्क्रीन, पछाडी सोनीको आइएमएक्स लेन्सको दुईवटा क्यामेराको साथै फिंगरप्रिन्ट सेन्सरको कारण १० हजार भन्दा तलका फोनहरुमध्य उत्कृष्ट फोन बन्ने विश्वास कम्पनीले राखेको छ।
ओटो मार्क २ सिरिजपछि, ओटो फोंन्सले फेरी पनि आफ्नो स्मार्टफोंन्सका साथ विविध तथा उत्कृष्ट अनुभव दिन फ्रान्क सिरिज बजारमा उपलब्ध गराएको कम्पनीको भनाई रहेको छ ।
५ इन्चको २.५ डि कर्भस्क्रीन रहेको ओटो माहजुरले फ्र्यांक ड्युअल एचडी आइपिएस डिस्प्लेको सुबिधा पाउन सकिनेछ । यो फोनको विशेषता भनेकै यो फोनको बलियो स्क्रीन रहेको छ । अन्य फोनहरु भन्दा यो फोनको स्क्रीन बलियो र मजबूत रहेको ओटो फोन्सको दाबी छ ।
सामान्यरुपमा हातबाट झर्दा पनि यो फोनको स्क्रीन सजिलै नफुट्ने भएकोले यो फोनलाई कम्पनीले ‘टफ फोन’ भनेर बजारमा सार्बजनिक गरेको छ ।
यो फोनको फुल मेटलबडीले प्रयोगकर्तालाई प्रीमियम फोनको अनुभव दिनेछ । बलियो फोनको साथ साथै यो फोनमा हजुरले अहिले बजारमा चलिरहेको ड्युअल क्यामेराको प्रवृत्तिको सुबिधा पनि रहेको कम्पनीले जानकारी दिएको छ ।
यो फोनको पछाडी दुइवटा क्यामेरा, एउटा क्यामेरा ८ मेगापिक्सल र अर्को क्यामेरा २ मेगापिक्सलको रहेको छ । यी क्यामेरामा सोनीको आइएम एक्स लेन्सको प्रयोग गरिएको छ । अगाडीको सेल्फी क्यामेरा चाँही २ मेगापिक्सलको रहेको छ ।
ओटो फ्रयांक ड्यूअल एन्ड्रोइडको नोगटको साथै १.३ गिगाहर्ज मिडिया टेक ६५८० क्वाड कोर प्रोसेसर बाट परिचालित छ । ओटो फ्रयांक ड्युअल १६ जिबिको रोम र १ जिबिको र्योम ले सुसज्जित छ १६ जिबिको रोम ६४ जिबिसम्म बढाउन सकिने कम्पनीले जनाएको छ ।