पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मतदान, सबैभन्दा बढी बाजुरामा

<p>काठमाडौं । आज भएको प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा औषत ६५ प्रतिशत मतदान भएको छ । बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मतदाताले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पहिलो चरणको निर्वाचनमा ३२ जिल्लामा आज शान्तिपूर्ण एवं उत्साहजनकरुपमा भएको आयोगले बताएको छ । प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा [&hellip;]</p>

काठमाडौं । आज भएको प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा औषत ६५ प्रतिशत मतदान भएको छ । बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मतदाताले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पहिलो चरणको निर्वाचनमा ३२ जिल्लामा आज शान्तिपूर्ण एवं उत्साहजनकरुपमा भएको आयोगले बताएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा ४ हजार ४६५ मतदान केन्द्रहरुमा मतदान भएको थियो । आज बिहान ७ बजेदेखि शुरु भएको मतदान कार्य बेलुका ५ बजे सम्पन्न भएको थियो ।

उच्च पहाडी र हिमाली ३२ जिल्लामा आज पहिलो चरणको निर्वाचन भएको हो भने बाँकी ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ । रासस

Share News