सोलुखुम्बुका तिङलावासीले फेरि गरे चुनाव बहिष्कार, निर्वाचन शान्तिपूर्ण रहेको आयोगको निश्कर्ष

<p>काठमाडौं । सोलुखुम्बुको तिङलाका बासिन्दाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन बहिष्कार गरेका छन् । स्थानीय तहको निर्वाचनमा जसरी बहिष्कार गरेका थिए त्यसरी नै यस निर्वाचनलाई पनि बहिष्कार गरेको निर्वाचन आयोगले  जनाएको छ । उक्त बहिष्कारको कारणमा क्षेत्र निर्धारण गर्दा आयोगला साबिकको भन्दा अपाएक परेको जनाइएको छ । धेरै स्थानहरुमा मतदाता परिचय पत्र भएको तर मतदाता नामावलीको [&hellip;]</p>

काठमाडौं । सोलुखुम्बुको तिङलाका बासिन्दाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन बहिष्कार गरेका छन् । स्थानीय तहको निर्वाचनमा जसरी बहिष्कार गरेका थिए त्यसरी नै यस निर्वाचनलाई पनि बहिष्कार गरेको निर्वाचन आयोगले  जनाएको छ ।

उक्त बहिष्कारको कारणमा क्षेत्र निर्धारण गर्दा आयोगला साबिकको भन्दा अपाएक परेको जनाइएको छ ।

धेरै स्थानहरुमा मतदाता परिचय पत्र भएको तर मतदाता नामावलीको सूचीमा नभएका कारण मतदाताहरु आफ्नो मताधिकारबाट बञ्चित रहेको समेत पाइएको आयोगले जनाएको छ ।

आज बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ३२ जिल्लाहरुमा पहिलो चरणको निर्वाचन बेलुकी ५ बजे सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भएको हो । संविधान, २०७२ जारी भएपछि पहिलो र ऐतिहासिक निर्वाचनले लोकतन्त्रलाई संस्थागत गर्ने सुनिश्चितता प्रदान गर्ने देखिएको आयोगले जानकारी दिएको छ ।

केही समय पहिले भएको स्थानीय तहको निर्वाचनको तुलनामा आजको सम्पन्न भएको निर्वाचनमा मतदातालाई आतंकित पार्ने घटनाहरु निर्वाचन पूर्व र निर्वाचनका्े दिनमा छिटपुट रहेको पाइयो र केहि स्थानमा झडपका कारण केही सर्वसाधारण तथा उम्मेदवारहरु समेत घाइते भएको र उक्त घटनाहरु भएतापनि निर्वाचनमा आम जनताहरुको उत्साहप्रद सहभागिता पाइएको आयोगले बताएको छ ।
विभिन्न स्थानमा भएका झडपलाई सुरक्षा निकायको उपस्थीतिमा सहजै व्ययवस्थापन गरेको पाइयो । यो निर्वाचनमा महिलाहरुको उल्लेख्य सहभागिता रहेको समेत पाइयो ।
स्थानीय तहको निर्वाचनको  तुलनामा मतदाताहरुलाई मतदान गर्न सहज भएको देखियो जसका कारण मतपत्र बदरमा कमी आउने सक्नेछ ।
हाम्रा पर्यवेक्षकहरुले पठाएको सूचनाको आधारमा सामान्य छिटपुट घटना भएको जानकारी आएता पनि तुलनात्मक रुपमा निर्वाचन शान्तिपूर्वक भएको पाईएको छ ।

Share News