दोर्दी जलविद्युत कम्पनीको अग्राधिकार सेयर बिक्री खुल्ला, न्युनतम लगानी १० हजार

<p>काठमाडौं । १२ मेगावाट क्षमताको दोर्दिखोला आयोजना बनाउन प्रवद्र्धक दोर्दिखोला जलविद्युत कम्पनी लिमिटेडले अग्राधिकार सेयर बिक्री खुला गरेको छ । कम्पनीले वार्षिक साढे ७ प्रतिशत प्रतिफल दिने गरी अग्राधिकार सेयर बिक्रि खुला गरेको हो । न्युनतम १ लाख  रुपैयाँ लगानी गर्नुपर्ने छ । अग्राधिकार सेयरपछि संस्थापक वा साधारण सेयरमा परिवर्नत हुने कम्पनीले जनाएको छ । [&hellip;]</p>

काठमाडौं । १२ मेगावाट क्षमताको दोर्दिखोला आयोजना बनाउन प्रवद्र्धक दोर्दिखोला जलविद्युत कम्पनी लिमिटेडले अग्राधिकार सेयर बिक्री खुला गरेको छ ।

कम्पनीले वार्षिक साढे ७ प्रतिशत प्रतिफल दिने गरी अग्राधिकार सेयर बिक्रि खुला गरेको हो । न्युनतम १ लाख  रुपैयाँ लगानी गर्नुपर्ने छ । अग्राधिकार सेयरपछि संस्थापक वा साधारण सेयरमा परिवर्नत हुने कम्पनीले जनाएको छ ।

कम्पनीमा लम्जुङ इलेक्ट्रिसिटी डेभपलमेन्ट कम्पनी लिमिटेड (लेड्को) को ८४.९५ प्रतिशत स्वामित्व रहेको छ । यस्तै आयोजनामा सीईडीबी हाइड्रो फन्ड लिमिटेडको पनि लगानी रहेको छ ।

आयोजना निर्माणको अनुमानित लागत ब्याजसहित २ अर्ब २९ करोड रुपैयाँ छ । प्रतिफल १७ प्रतिशत छ । आयोजना वार्षिक ६ करोड ५४ लाख ४० हजार युनिट बिजुली बिक्री हुने छ ।

२०७६ मा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनामा सानिमा बैंकको अगुवाईमा लक्ष्मी बैंक, कृषि विकास बैंक, कैलास विकास बैंक र हालको महालक्ष्मी विकास बैंकबीच ऋण लगानी सम्झौता भएको छ ।
आयोजना निर्माण गर्न कम्पनीले विद्युत विकास विभागबाट अनुमतिपत्र (लाइसेन्स) र नेपाल विद्युत प्राधिरणसंग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) गरिसकेको छ ।

यही अन्र्तगतको युनिभर्सल पावर लिमिटेडले अग्राधिकार सेयरलाई संस्थापक र साधारणसेयरमा परिणत गरिसकेको छ । ११ मेगावाटको तल्लोखारे जलविद्युत आयोजना बनाउन युनिभर्सल पावरले अग्राधिकार सेयर निष्कासन गरेको थियो । युनिभर्सलेले हाल आयोजना निर्माण गरिरहेको छ । यहीअन्र्तगत ४.४ मेगावाटको राधी जलविद्युत आयोजना सञ्चालनमा आएको छ ।

Share News