गण्डकी विकास बैंकको मंसिर १५ गते बुक क्लोज

<p>काठमाडौं । गण्डकी विकास बैंकले आगामी मंसिर १५ गते कम्पनीको बुक क्लोज गर्ने भएको छ । बैंकले ४ बराबर १ को अनुपातमा(२५ प्रतिशत) हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनको लागि सो दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । कम्पनीले सेयरधनीलाई अंकित मूल्य १०० रुपैयाँका दरले ४३ लाख ०९ हजार ८१५ कित्तो हकप्रद सेयर निश्कासन गर्ने [&hellip;]</p>

काठमाडौं । गण्डकी विकास बैंकले आगामी मंसिर १५ गते कम्पनीको बुक क्लोज गर्ने भएको छ । बैंकले ४ बराबर १ को अनुपातमा(२५ प्रतिशत) हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनको लागि सो दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो ।

कम्पनीले सेयरधनीलाई अंकित मूल्य १०० रुपैयाँका दरले ४३ लाख ०९ हजार ८१५ कित्तो हकप्रद सेयर निश्कासन गर्ने निर्णय गरेको हो । उक्त निर्णय बैंकको मंसिर ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।

बैंकलाई २५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिइसकेको छ ।

Share News