चार कम्पनीको एक करोड ४२ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, क-कसको भयो ?

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न चार कम्पनीका एक करोड ४२ लाख ९६ हजार ४०२ कित्ता सेयर सूचिकृत भएका छन् । नेप्सेमा शुक्रबार मात्रै ज्योति विकास बैंक, अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी, लक्ष्मी बैंक र वेष्ट्रन डेभलपमेन्ट बैंकको साधारण र बोनस सेयर गरी सो मात्राको सेयर सूचिकृत भएका हुन् । सबैभन्दा बढी लक्ष्मी बैंकको [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न चार कम्पनीका एक करोड ४२ लाख ९६ हजार ४०२ कित्ता सेयर सूचिकृत भएका छन् । नेप्सेमा शुक्रबार मात्रै ज्योति विकास बैंक, अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी, लक्ष्मी बैंक र वेष्ट्रन डेभलपमेन्ट बैंकको साधारण र बोनस सेयर गरी सो मात्राको सेयर सूचिकृत भएका हुन् ।

सबैभन्दा बढी लक्ष्मी बैंकको बोनस सेयर सूचिकृत भएको छ । यस बैंकको एक करोड १५ लाख ६३ हजार ६५२ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।

नेप्सेले ज्योति विकास बैंकको १५ लाख ७० हजार ६३७ कित्ता सेयर सूचिकृत गराएको हो । राप्ती विकास बैंकलाई एक्वायर(प्राप्ती) गरेपश्चात यस बैंकको सो मात्राको सेयर सूचिकृत भएकोे हो ।

त्यस्तै, अरुण भ्याली हाइड्रोले ८ लाख ४८ हजार १९३ कित्ता र वेष्ट्रन डेभलपमेन्ट बैंकको ३ लाख १३ हजार ९२० कित्ता बोनस सेयर नेप्सेमा थपिएका छन् ।

Share News