काठमाडौं । निर्वासित चिनियाँ धर्म गुरु दलाई लामाले वुद्ध भारतमा जन्मिएको भन्ने विवादास्पद अभिव्यक्ति दिएका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतलाई स्वतन्त्र बनाउने अभियानमा लागेपछि चीनबाट निर्वासित गरिएका दलाई लामाले वुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिएका हुन् ।(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ) चीनले लखेटेपछि १९५९ मा लामा भारतमै निर्वासित जिवन बिताईरहेका छन र उनलाई भारत तथा पश्चिमा मुलुकहरुले सहयोग गरिरहेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा वुद्ध नेपालमै जन्मिएको बताएका थिए । तर मोदीले अन्य अन्तराष्ट्रिय मञ्चहरुमा भने वुद्ध भारतमै जन्मिएको दावी गर्दै आएका छन् । केहि दिन अघि भारतमै आयोजीत एक कार्यक्रममा लामाले वुद्ध नेपालमा जन्मिएको भन्ने तर्क हास्यास्पद भएको आरोेप समेत लगाएका छन् । ‘केहि नेपाली भन्छन वुद्ध लुम्बिनीमा जन्मिएका हुन र उनी नेपाली हुन् भारतीय होइनन्, त्यो वुद्धिहिन(नन सेन्स) हो, पौराणिक कालमा एउटै राज्य थियो, भारत बर्ष, त्यसैले वुद्ध भारतमा जन्मिएका हु’, लामाले भनेका छन् ।
लामाले वुद्ध नेपालमा नजन्मिएको भनिरहँदा एक जना भारतीयले उनलाई पछाडीबाट थप केहि सिकाईरहेको देखिन्छ । लामाले वुद्धलाई तिब्बति, चिनियाँ वा नेपाली नभएर भारतीय भएको दावी समेत गरेका छन् । भारतले स्वतन्त्र तिब्बतको कार्ड मार्फत चीनलाई तर्साउँदै आएको थियो । अब भने तिनै निर्वासित दलाई लामालाई उपयोग गरेर वुद्ध भारतमा जन्मिएको प्रचार सुरु गरेको छ ।
भारतीय संस्थापनले अन्तराष्ट्रिय मञ्चहरुमा वुद्ध भारतमा जन्मिएको प्रचार गरिरहँदा नेपालले त्यसको खण्डन गर्दै आएको थियो । तर वुद्ध धर्मका गुरु समेत रहेका दलाई लामाकै मुखबाट वुद्ध भारतमा जन्मिएको प्रचार गरेर भारतले नेपाल विरुद्ध दलाई लामा कार्ड फ्याकेको हो । वुद्ध भारतमा जन्मिएको भन्ने दलाई लामाको अभिव्यक्तिबारे समाजिक सञ्जालहरुमा व्यापक आलोचना भैरहँदा पनि नेपाल सरकारले भने अझै औपचारिक खण्डन गरेको छैन् ।