अग्नि ग्रुपको चौथो क्षेत्रीय कार्यालय कोहोलपुरमा

<p>काठमाडौं । महिन्द्राका युटिलिटि भेइकल्स तथा ट्राक्टरहरुको लागि अग्नि ग्रुपले आफ्नो चौथो क्षेत्रीय शाखा कार्यालय कोहोलपुरमा शुभारम्भ गरेको छ । यस कार्यालयको उद्घाटन अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले गरेका हुन् । उक्त शाखाको शुभारम्भ पछि पश्चिम क्षेत्रका ग्राहकहरुले सर्वसुलभ एवं सहज तरिकाबाट कम्पनीको गुणस्तरीय सेवा पाउने छन् । यस अघि कम्पनीले विरगञ्ज, इटहरी, भैरहवामा [&hellip;]</p>

काठमाडौं । महिन्द्राका युटिलिटि भेइकल्स तथा ट्राक्टरहरुको लागि अग्नि ग्रुपले आफ्नो चौथो क्षेत्रीय शाखा कार्यालय कोहोलपुरमा शुभारम्भ गरेको छ । यस कार्यालयको उद्घाटन अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले गरेका हुन् ।


उक्त शाखाको शुभारम्भ पछि पश्चिम क्षेत्रका ग्राहकहरुले सर्वसुलभ एवं सहज तरिकाबाट कम्पनीको गुणस्तरीय सेवा पाउने छन् । यस अघि कम्पनीले विरगञ्ज, इटहरी, भैरहवामा जस्ता प्रमुख सहरहरुमा आफ्नो आधिकारिक क्षेत्रीय कार्यालयको स्थापना गरिसकेको छ ।

हालै सञ्चालनमा ल्याइएको क्षेत्रीय कार्यालयले अग्निका डिलरहरुलाई मूलधारमा ल्याई गुणस्तरीय सेवाको साथ छुट्टै अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

Share News