नेपाली कांग्रेसलाई बहुमत दिनुस्, हामी समृद्ध नेपाल दिन्छौँ – विनोद चौधरी

<p>नुवाकोट । नेपाली कांग्रेसका नेता विनोद चौधरीले नेपालको आर्थिक समृद्धिका लागि नेपाली कांग्रेसलाई बहुमतको सरकार दिन मतदाताहरुलाई आव्हान गरेका छन् । विहिबार नुवाकोटको देवीघाट र खरानीटारमाआयोजित छुट्टाछुट्टै चुनावी सभालाई सम्वोधनगर्दै नेता चौधरीले बलियो लोकतन्त्रको अभावमा आर्थिक विकास सम्भवनहुने बताए। ‘नेपालको आर्थिक विकास हुन नसक्नुमा हामी मतदातापनि जिम्मेवार छौं भन्दै अध्यक्ष चौधरीले आर्थिक विकासकालागि खुला बजार [&hellip;]</p>

नुवाकोट । नेपाली कांग्रेसका नेता विनोद चौधरीले नेपालको आर्थिक समृद्धिका लागि नेपाली कांग्रेसलाई बहुमतको सरकार दिन मतदाताहरुलाई आव्हान गरेका छन् ।

विहिबार नुवाकोटको देवीघाट र खरानीटारमाआयोजित छुट्टाछुट्टै चुनावी सभालाई सम्वोधनगर्दै नेता चौधरीले बलियो लोकतन्त्रको अभावमा आर्थिक विकास सम्भवनहुने बताए।

‘नेपालको आर्थिक विकास हुन नसक्नुमा हामी मतदातापनि जिम्मेवार छौं भन्दै अध्यक्ष चौधरीले आर्थिक विकासकालागि खुला बजार अर्थतन्त्रमा विश्वास राख्ने राजनीतिक दलको बहुमतको सरकार बन्नुपर्ने र यसकालागि यसपटक कांग्रेसलाई बहुमत दिन उनले आग्रह गरे ।
‘तपाईहरू नेपालीकांग्रेसलाई बहुमतदिनुस्, हामी समृद्ध नेपाल दिन्छौैं’, नेता चौधरीले आममतदाताहरूलाई आव्हान गरे, ‘राजनीतिक स्थिरता भयो भने नेपालपनिचिन सरहको आर्थिक विकासको गतिमा अगाडि बढ्न सम्भव छ ।’

नेपाली कांग्रेसको चुनावी दौडाहामा रहेका नेता चौधरी पूर्वी नेपालका विभिन्न चुनावी सभाहरूपछि विहिबार नुवाकोटका कांग्रेस उम्मेदवारहरूलाई जिताउने अभियानमा त्यहाँ पुगेका हुन् ।

‘२०४८ सालमा नेपाली कांग्रेसको नेतृत्वमा उदारीकरण लागू गरिएकै कारण नेपालमा आर्थिक विकासको नयाँ ढोका खुलेका हुन् । उक्तअभियानलाई सफलबनाउनकांग्रेसको नेतृत्वविना सम्भव छैन’, चौधरीले भने– यसको विकल्प कसैले कल्पना गरेको छ भने त्यो भ्रममात्रै हो ।आजप्रत्येक नेपालीको हातमामोवाईल फोन छन् । दुईतिहाई जनसंख्या इन्टरनेटको पहुँचमा छ ।

संचारमाध्यम, बैंकिङ र एयरलाईन्स लगायतका सेवाहरु कांग्रेसले लिएको उदारीकरणकै सकारात्मकनतिजा रहेको पनिउहाँले बताए । तर, विकास अभियानलाई तिब्र गतिमा दौडाउनुको विकल्प नरहेकोमाजोड दिदै उहाँले त्यसकै लागिआफुले कांग्रेस पार्टी रोजेको पनि बताए ।

नेपालको आर्थिक समृद्धिको अभियानमाआफुले गैर आवासीय नेपालीहरूलाई सहभागी बनाउन चाहेको उनले बताए । विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीले आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपालको विकासकालागि उपयोग गर्नु आवश्यक छ । उनीहरुले विदेशमाआर्जन गरेको विकासको अनुभवलाई यहाँकार्यान्वयनगर्ने वातावरण मिलाउनुपर्छ, चौधरीले भने ।

Share News